Logo

२४ साउन,संखुवासभा । संखुवासभा कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।कैदीहरु आकाश बलामी र विनोद तोलाङगीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको खाँदबारी कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार, गएराति १ बजेतिर मृतक दुई जना तोलाङगी र बलामीले शौचालयको झ्याल तोडेर कारागारबाट भाग्ने प्रयास गरेको अवस्थामा सुरक्षामा रहेको प्रहरीले देखेपछि नियन्त्रणमा लिएर कारागारभित्र पठाएको त्यसपछि भित्र रहेका कैदीहरूले कुटपिट गर्दा घाइते भएका थिए ।

उनीहरूको खाँदबारी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


सम्बन्धित समाचार