Logo

२४ साउन, वीरगञ्ज । मालपोत कार्यालय वीरगंजका अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अधिकृत हरिनारायण मिश्रसहित ६ जना विरुद्ध ४ लाख बढी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अधिकृत मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र ना.सु. लेखनाथ भट्टराईले ४ लाख २५ हजार ४३१ रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

उनीहरु सबै मिलेर फाँट “क” बाट १७ वटा र फाँट “ग” बाट २ वटा लिखतहरु पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट ४ लाख २५ हजार ४३१ रुपैयाँ राजस्व चुहावट भएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उनीहरुमाथि जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालको भनाइ छ ।


सम्बन्धित समाचार