Logo

२४ साउन, वीरगञ्ज । इसरोले चन्द्रयान–३ लाई चन्द्रमाको तेस्रो कक्षामा ल्याएको छ । अहिले चन्द्रयान १७४ किमी ह १४३७ किमीको सानो अण्डाकार कक्षमा घुमिरहेको छ। चन्द्रयान–३ निश्चित लक्ष्यभन्दा अगाडि बढिरहेको छ ।

तर इसरोबाट कुनै पुष्टि भएको छैन।इसरोले ९ अगस्ट दिउँसो १.४० बजे कक्षा परिवर्तन ग¥यो। अर्थात चन्द्रयान–३ को थ्रस्टरहरू अन गरियो। ५ अगस्ट २०२३ मा जब चन्द्रयान–३ चन्द्रमाको पहिलो कक्षामा पुग्यो त्यसपछि उनले चन्द्रमाको पहिलो तस्बिर पठाएको थियो।त्यतिबेला चन्द्रयान–३ ले १६४ ह १८०७४ किलोमिटरको अण्डाकार कक्षमा १९०० किलोमिटर प्रति सेकेन्डको गतिमा चन्द्रमाको परिक्रमा गरिरहेको थियो । जुन ६ अगस्त २०२३ मा १७० ह ४३१३ किमी कक्षामा घटाइयो।

अर्थात् यसलाई चन्द्रमाको दोस्रो कक्षमा राखिएको थियो ।अगस्ट १४ २०२३ चौथो कक्षा बिहानको बाह्र बजेदेखि १२ः०४ बजेसम्म परिवर्तन हुनेछ। १६ अगसट २०२३ बिहान ८ः३८ देखि ८ः३९ सम्म पाँचौं कक्षा परिवर्तन हुनेछ। अर्थात्, यसको इन्जिन केवल एक मिनेटको लागि सक्रिय हुनेछ।१७ अगस्ट २०२३ मा चन्द्रयान–३ को प्रोपल्सन र ल्यान्डर मोड्युलहरू अलग हुनेछन्। सोही दिन दुवै मोड्युलहरू चन्द्रमाको वरिपरि १०० किमी ह १०० किमीको गोलाकार कक्षमा हुनेछन्।

१८ अगस्ट २०२३ मा ल्यान्डर मोड्युलको डिओर्बिटिङ ४.४५ बजे देखि ५.०० बजेको बीचमा हुनेछ। अर्थात्, यसको कक्षाको उचाइ घटाइनेछ। २० अगस्ट मा चन्द्रयान–३ को ल्यान्डर मोड्युल रातको सवा दुई बजे डि–अर्बिटिङ हुनेछ।२३ अगस्टमा ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण हुनेछ।

यदि सबै कुरा ठीक भयो भने ल्यान्डर साढे छ बजे चन्द्रमाको सतहमा अवतरण हुनेछ।चन्द्रयान–३ को स्वास्थ्य बेंगलुरुको इसरोको सेन्टर टेलिमेट्री, ट्र्याकिङ एण्ड कमाण्ड नेटवर्कको मिसन अपरेशन कम्प्लेक्सबाट निरन्तर निगरानी भइरहेको छ। अहिले चन्द्रयान–३ का सबै उपकरणले राम्रोसँग काम गरिरहेका छन् ।


सम्बन्धित समाचार