Logo

२४ साउन, वीरगञ्ज । विश्व आदिवासी दिवस पर्सामा पनि मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साको आयोजनामा पर्सा म्यानेजमेन्ट कलेजको सभाहलमा ओैपचारिक कार्यकम गरि दिवस मानाईएको हो ।

समन्वय परिषदका अध्यक्ष सोम बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति महासंघ मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरूले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्न सबै एकजुट हुनुको विकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकोटे, तामाङ घेदुङ पर्साका सचिव छेडुप लामा, किरात राई यायोक्खाका जगत राई, नेवा दय दबुका सुनिल जोशी, मगर संघ पर्साका अध्यक्ष रमेश थापा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ कि वडा सदस्य संगीता भुजेल, वडा नम्बर ९ कि वडा सदस्य गीता मानन्धर, कराँतेका राष्ट्रिय प्रशिक्षक गणेश श्रेष्ठ लगायत विभिन्न जातिय संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन समन्वय परिषदका सचि अधिवक्ता अमय दास थारू र स्वागत रामाशिष धानुकले गर्नुभएको थियो ।


सम्बन्धित समाचार