Logo

२५साउन, काठमाडौं । भारतमा विपक्षी दलले नरेन्द्र मोदी सरकारविरुद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेको छ र विगत दुई दिनदेखि सो प्रस्तावमाथि छलफल चलिरहेको छ ।

अविश्वासको प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बोल्नु पर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार अपराह्न ४ बजे सदनमा अविश्वासको प्रस्तावको जवाफ दिने प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत जानकारी दिएको छ ।


सम्बन्धित समाचार