Logo

२५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतका वडाहरूमा पिउने पानीको समस्या हाल सम्म जस्ताको त्यस्तै रहेको छ । केही दिनदेखि पानी पर्ने क्रम जारी रहे पनि यसले जमीनमुनिको पानीको सतह बढाउन नसकेको महानगरका खानेपानी महाशाखाका भोगेन्द्र चापागाईंले बताए ।

उनले अहिले निरन्तर पानी पर्दा केवल छ इन्च मात्र जमीनमुनिको पानीको सतह वृद्धि भएको बताए । जमीनमुनिको पानीको सतह कम्तीमा २७ फिट कायम भएपछि सुकेका चापाकलमा पानी आउने उनले बताए ।अहिले जमीनमुनिको पानीको सतह करीब ३० फिट मुनि गएको छ ।

अझै तीन फिट सतह बढेको खण्डमा चापाकलमा पानी आउन सक्छ । महानगरमा पछिल्लो समय गर्मी बढेसँगै जमीनमुनिको पानीको सतह घटेर ३४ देखि ३६ फिट मुनिसम्म पुगेको चापागाईंले बताए । जमीनमुनिको पानीको सतह नबढेपछि अहिले पनि महानगरका थुप्रै वडामा पिउने पानीको हाहाकार कायम छ ।

महानगरपालिकाले पिउने पानीको समस्या नहोस् भनेर वडाहरूमा १०/१० वटा खानेपानी संस्थानको धारा जडान गरेको छ भने केही वडामा पाँच र १० हजार लिटरका पानी टङ्की जडान गरेर पिउने पानीको व्यवस्था गरेको छ । यसको अलावा संस्थानको धारा जडानका लागि सबै खाले सडक भत्काउन स्वीकृति प्रदान गर्दै आएको छ । जसले गर्दा अहिले महानगरका मुख्य सडकदेखि सहायक सडकहरूसमेत काटिएका छन् ।

 


सम्बन्धित समाचार