Logo

२६ साउन, काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो। अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठकमा आगामी दिनमा संसदमा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल हुनेछ । डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने छ ।

बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको हो ।

 


सम्बन्धित समाचार