Logo

२६ साउन,बारा । नगरबासीको काम छिटो छरितो गर्न बाराको जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो अधिकार बिकेन्द्रिकृत गरेको छ । नगर प्रमुख राजन पौडेलको पहलमा सातौँ कार्यपालिका बैठकले चालु आर्थिक बर्ष २०८०।०८१ को वडा स्तरीय पुँजीगत योजनाहरु, ब्यवसाय दर्ता र उपभोक्ता समिती दर्ता सम्बन्धित वडा कार्यालयबाट नै गर्ने ब्यवस्था मिलाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन ,२०७४ को दफा ७३ को उपदफा २ मा प्रमुख प्रशासकिय अधिकृतले आफ्नो अधिकार प्रत्यायोजन गर्न सकिने ब्यवस्था रहेको जीतपुरसिमरा उपमहानगरपािलकाले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले उपभोक्ता समिती मार्फत सम्पन्न हुने २० लाख सम्मको वडा स्तरीय योजनाहरुको सम्झौता, कार्य आदेश स्थायी सेवामा कार्यरत वडा सचिबलाई दिएको बताउनुभएको छ ।

जसमा वडामा कार्यरत सब ईन्जिनीयर र अमीनलाई अनिवार्य संलग्न गराउँनुपर्ने ब्यवस्था गरिएको छ । वडाभित्रका जैबिक तथा बाताबरणीय प्रभाव पर्ने र ठुलो उद्योग बाहेक साना ब्यवसायीहरुको ब्यवसाय दर्ता, नबिकरण, नामसारी र ठाउँसारी गर्ने काम वडाकार्यालयबाट नै अब हुनेछ ।

त्यस्तै उपभोक्ता समितीबाट सम्पन्न गरिने योजनाहरुको सम्बन्धमा उपभोक्ता समितीको दर्ता र नबिकरण गर्ने कार्य वडा कार्यालयबाट नै गर्ने ब्यवस्था मिलाईएको प्रमुख प्रशासकिय अधिकृत पुरीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले वडामा प्रत्यायोजन गरेको सम्पुर्ण अधिकार स्थाई सेवामा कार्यरत वडा सचिवले मात्र प्रयोग गर्न सक्ने ब्यवस्था गरेको छ ।

अधिकृत पुरीले २४ वटै वडा कार्यालहरुलाई प्रचलित कानुनको अधिनमा रही खर्च गन, आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण समेत गराउँन निर्देशन दिनुभएको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

 


सम्बन्धित समाचार