![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/yemale-birod-41691739890.jpg?fit=1620%2C1080&ssl=1)
२६ साउन, काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्।
उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन्।एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका हुन्।
एमाले सांसदहरूले नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।