Logo

२६ साउन, वीरगञ्ज । देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जसंख्या मन्त्रालय, ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार डेंगु संक्रमितको संख्या १२ हजार ४९९ पुगेको हो। आधा सुनसरीकै छन्।

महाशाखाको विवरण अनुसार हाल सुनसरीमा ६ हजार ६६७ जना संक्रमित रहेका छन्। त्यसपछि मोरङ १ हजार ५२४, धादिङ १ हजार १४०, झापामा ८८९, कास्कीमा २२७, धनकुटामा २२३, दार्चुलामा १९३, काठमाडौंमा १९३ जना, संखुवासभामा १४८ र कञ्चनपुरमा ८१ जना संक्रमित रहेका छन।

प्रदेश तहमा हेर्दा हाल सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा रहेका छन्। हाल कोशी प्रदेशमा ९ हजार ६५५ ,बागमतीमा १६१९, गण्डकीमा ४८२, लुम्बिनीमा २३५, शुदुरपश्चिम प्रदेशमा ४१५, मधेश प्रदेशमा ६५ र कर्णाली प्रदेशमा २८ जना संक्रमित रहेका छ।


सम्बन्धित समाचार