Logo

२७साउन,वीरगञ्ज । पर्साबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुईजना युवकलाई पक्राउ गरेको छ । प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नं.३ बस्ने १९ वर्षीय सचिन लामा र १६ वर्षीय नाबालकलाई पक्राउ गरेको हो ।

ठोरी ५ सुवर्णपुर वर्णमाला स्कुल नजिक सडकखण्डमा प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टी पर्साबाट खटिएका प्रहरीको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

सोही क्रममा शंकास्पद रुपले भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका २ जना युवकहरुले बोकेको कपडाको झोलाबाट प्रनिबन्धित लागुऔषध फेला पारेको प्रहरीको दाबी छ ।

प्रहरीले लामाको साथबाट नाइट्राभेट १० लेखिएको नाइट्राजिपाम २० पत्तामा प्रतिपत्ता १५ का दरले ३०० पिस र १ पत्तामा १४ गरी जम्मा ३१४ पिस ट्याव्लेट फेला परेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

त्यस्तै १६ वर्षीय नाबालकले लगाएको लेदर जस्तो देखिने कालो ज्याकेटको दाहिने गोजीमा कालो प्लाष्टिकको पोकामा बेरिएको अवस्थामा लागुऔषध गाजा जस्तो देखिने अन्दाजी ५० ग्राम फेला पारेको डिएसपी गिरीले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार