Logo

२७साउन,वीरगञ्ज । घरायसी विवादका क्रममा बारामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले निजगढ नगरपालिका–१६ टाँगियाबस्ती बस्ने ६० वर्षीय दिलबहादुर घलानलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको कारणले घटना घटेको भन्ने बुझिएकोले छोरालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपाने जानकारी दिनुभयो ।

मृतकको टाउकोमा चोट देखिएको र विस्तृत कुरा पोष्टमार्टमपछि खुल्ने उहाँले बतउनुभयो । पक्राउ परेका घलानलाई प्रहरी नियन्त्रणमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको न्यौपानेको भनाइ छ ।


सम्बन्धित समाचार