Logo

२७साउन,वीरगञ्ज । प्रहरीले वीरगञ्ज–११ रानीघाटमा रहेको गोदाममा छापा मारेको छ । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटेको टोलीले एक गोदाममा छापा मारेको हो ।

छापामारीबाट प्रहरीले भन्सार छलीका लाखौँ मूल्य बराबरको चामल बरामद गरेको छ । जसमा भन्सार छली गरेर ल्याइएका २५ किलो दरका दुई सय दुई बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बरामद गरिएका चामललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको उहाँले बताउनुभयो ।वीरगञ्जको मुख्य सडकमै साइकलमा दुई, तीन बोरा चामल, आलु बोकेर ल्याउने गरेको दृश्य देख्न सकिन्छ ।

खुला सीमाको दुरुपयोग गर्दै व्यापारीहरुले साइकल, मोटरसाइकलमा थोरै–थोरै परिमाणमा सिमावर्ती भारतीय बजार रक्सौलबाट खाद्यान्न लगायतका सामग्री दिनहुँ भित्र्याउने गरेका छन् ।


सम्बन्धित समाचार