Logo

२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।

आज पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भन्ने बताएका हुन् ।

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे ।


सम्बन्धित समाचार