Logo

२९ साउन,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नं.४ मा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुवरी, पर्सामा आज एक कार्यक्रमको बिच ८ कोठे विद्यालय भवनको उद्धघाटन गरिएको छ ।

आर्थिक वर्ष ०७९/०८०मा ५५ लाख जिल्ला समन्वय समिति पर्सा र ४८ बहुदरमाई नगरपालिका गरी कुल १ एक करोड ३ लाखको लागतमा ८ कोठे भवनको निर्माण गरि उद्धघाटन गरिएको हो । जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनार र बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले संयुक्त रुपमा विद्यालय भवन उद्धघाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनारले शिक्षाको स्तरवृद्धि गर्न भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखी उक्त विद्यालयमा पुनः चालु आवमा १ करोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गुणस्तरीय शिक्षा कायम गर्न शिक्षक, अभिभावक र विधार्थीमा विद्यालय प्रति सकारात्मक बन्न उहाँको सुझाव छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले पालिकाबाट विद्यालयको लागि हरेक सेवा सुविधा आफुले दिन प्रतिवद्ध रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयबाट उपलब्धि नभएको चिन्ता व्यक्त गर्नुभएको थियो । शिक्षक हेरफेर र शिक्षलाई गुणस्तरिय बनाउन खोज्दा राजनीतिक हस्तक्षेप पर्ने गरेको उहाँको भनाइ छ ।


सम्बन्धित समाचार