Logo

फाइल तस्विर

२९ साउन, चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा पुर्वक्षकालागि कारागार चलान भएका वीरगञ्जका उद्योगी एंव रुंगटा ग्रुपका संचालक प्रदीप रुंगटा अहिले भरतपुर स्थित चितवन मेडिकल कलेजको एउटा क्यावीनमा आराम गरिरहेका छन् ।

चितवन प्रहरीले उनलाई ज्वाईँ जस्तोगरी अस्पतालको क्यावीनमा सम्मानसाथ राखेको छ । पोल्टी व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार रहेका प्रदीप कुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले गत साउन १८ गते पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो ।

कंडेलको मृत्यु भएको ३ महिना पछि रुङ्गटा चितवन जिल्ला अदालतमा हाजिर भएका थिए । हाजीर भएकैदिन थुनछेकको वहश पछि अदालतले उनलाई पुर्वक्षकालागि कारागार पठाउने निर्णय गरेको थियो । अदालतको आदेश लगतै उनी वेहोस भएर अदालत परिसरमा लडेपछि उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

भरतपुर अस्पतालले गत साउन २१ गते उपचार पछि उनलाई डिस्चार्ज गरेर कारागार पठाएको थियो । तर उनी कारागारको गेटमा पुग्नासाथ फेरी वेहोस भएको नाटक गरेपछि उनलाई पुन भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

भरतपुर अस्पतालले उनको उच्च रक्तचाप भएको देखिएपनि गम्भिर प्रकृतिको कुनै रोग नदेखिएकोले गत साउन २३ गते अस्पतालबाट डिस्चार्ज गरेर कारागार पठाएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य भएकोले दुई दिन पछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडलेले बताए ।

साउन २३ गते भरतपुर अस्पतालबाट डिस्चार्ज भएर भरतपुर कारागार भित्र प्रवेश गर्ने वेलामा अभियुक्त रुंगटाले फेरि वेहोस भएको नाटक गरे । उनलाई तत्काल भरतपुर स्थित चितवन मेडिकल कलेजमा भर्ना गरिएको कारागारका सुरक्षा गार्ड प्रमुख प्रहरी नायव निरीक्षक कुल वहादुर श्रेष्ठले बताए ।

चितवन मेडिकल कलेजमा गत २३ गते बेलुका भर्ना भएका प्रदीप रुंगटालाई दुई दिन आइसियुमा राखिएको र अहिले स्वास्थ्य अवस्था सामान्य भएकोले क्यावीनमा सारिएको अस्पताल प्रशासनले जनाएको छ । उनको स्वास्थ्य अवस्था राम्रो छ, अहिले क्यावीनमा आराम गरिरहनु भएको छ चितवन मेडिकल कलेजका डाइरेक्टर दयाराम लम्साले बताए ।

उनलाई उच्च रक्तचाप (व्लड प्रेसर)का कारण वेहोस भएको भनि कारागारको प्रहरीले २३ गते बेलुका चितवन मेडिकल कलेजमा भर्ना गराएको थियो । अस्पतालका डाक्टर श्याम रेग्मीको निगरानीमा उनको उपचार भएको अस्पतालका डाइरेक्तर लम्सालले जानकारी दिए ।

स्वास्थ्य अवस्था सामान्य भएपनि कारागार बस्नु पर्ने व्यक्ति अस्पतालको सुविधा सम्पन्न क्यावीनमा आराम गर्ने अवसर रुंगटालाई दिइएको छ । प्रदीप रुंगटा जिल्ला अदालत चितवनको पुपक्र्ष पठाउने निर्णय विरुद्ध उच्च अदालत हेटौडामा गत आइतवार निवेदन दिएको उनका दाजु सुरेश रुंगटाले बताए ।

कंडेल परिवारसँग हिसावकिताव मिलाएर अदालत हाजिर भएका रुंगटा जेल बस्न नपर्ने बुझेर अदालत हाजिर भएका थिए । तर अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि वेहोस भएको नाटक गरेर एक दिन पनि कारागार वसेका छैनन् ।

उनले फाइभस्टार होटलमा पाउने सुविधा अस्पतालको क्यावीनमा पाएका छन् । अस्पतालमा रहदा पारिवारीक भेटघाट र संचार सम्पर्कमा रहन पाउने सुविधा लिएर उनले उच्च अदालतमा सेटीङ मिलाएर कारागार मुक्त गराउने योजना बनाएको पारिवारीक स्रोतले जनाएको छ ।

चितवनका प्रहरी प्रमुखले उनलाई मोवाइल फोन प्रयोग गर्ने सुविधा दिएका छन् । प्रहरी प्रमुखलाई समेत खुसी पारेर अस्पतालको क्यावीनमा परिवारका सदस्यहरु सँगै आराम गर्न अवसर पाएका रुंगटाले उच्च अदालत हेटौडामा सेटीङ मिलाएको वेन्चमा मुद्धा परे त्यहाँबाट छुटकरा पाउने आशामा छन ।

घटना यस्तो थियो

व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध आत्महत्या दुरुत्साहन किटानी जाहेरी दिएका थिए ।

रावललाई प्रहरीले वैशाख २२ गते बाराको सिमराबाट पक्राउ गरी चितवन ल्याएको थियो । उनलाई जिल्ला अदालत चितवनले पुर्वक्षकालागि फैसला गरेको थियो । करिव ३ महिनाको जेलबसाई पछि गत साउन ७ गते उच्च अदालत हेटौडाको आदेशबाट ५ लाख धरौटीमा रिहा भएका छन् ।

कँडेलको मृत्युपछि रुङ्गटा भने फरार रहँदै आएका थिए । उनी भारतको दिल्ली स्थित गुडगाउँमा डेरा लिएर वसेका थिए । तर उनका दाजु सुरेश रुंगटाले भने भाई अस्टेलियामा रहेको बताउदै आएका थिए ।

चितवनका युव उद्यमी तथा व्यवसायी कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनावदिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए ।

काठमाडौं थापथली अफिसमा वसेर प्रदीप रुंगटाले कंँडेललाई मानसीक तनाव दिने गरेको र पटक पटक अपमान गरेको उनका पारिवारजनले बताएका थिए ।
कंडेल परिवारसँग शेयरको रकम र बजारमा उठाउनुपर्ने कर्जाको बारेमा सहमति गरेपछि उनी अदालत हाजीर भएका थिए ।

अदालतमा हाजीर भएका रुंगटालाई थुकछेक वहसमै कारागार चलान गरेपछि उनी अचानक वेहोस भएको नाटक गरेका थिए । रुंगटा समूहले भने कँडेलका परिवारसँग शेयर र क्षतिपूर्तीको सहमती गरिएको प्रदीपका दाजु सुरेश कुमार रुंगटाले बताए ।


सम्बन्धित समाचार