Logo

३० साउन,काठमाडौं । सिनामंगलबाट बरामद तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार मंगलबार गालेर जोख्दा जोख्दा ६० किलो ७१६ ग्राम भएको हो । सोमबार गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम भएको बताइएको थियो।

गाल्दा सुनको तौल ७३ ग्राम घटेको हो।अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने प्रमुख आचार्यले बताए। राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो स्कुटरको ब्रेक शु बरामद गरेको थियो ।


सम्बन्धित समाचार