Logo

३१ साउन,वीरगञ्ज ।पर्साको छिपहरमाई गाउँपालिकामा सर्पले डसाईबाट एकजनाको मृत्यु भएको छ । छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका २३ बर्षीय सेठ महतो केवटको मृत्यु भएको हो । राति घरमै सुतिरहेको समय सर्पले डसेर केवटको मृत्यु भएको हो ।

घरमै सुतेका केवटलाई राति नै सर्पले डसेर बेहोस भएको र बिहान परिवारले थाहा पाउने समयमा उनको शरीरभरी बिष फैलिएर मृत्यु भईसकेको पाईएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार