Logo

३१ साउन,वीरगञ्ज । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी शाखामा काम गर्ने कार्यालय सहयोगीले सेवाग्राहीलाई दुख दिने गरेको खुलासा भएको छ ।

पटके इजाजत पत्रको विगत दश वर्षदेखि जिम्मा लिएका कार्यालय सहयोगी महेन्द्र साह कानुले पर्यटकहरुलाई दुख दिने गरेको खुलासा भएको हो । भारतबाट घुम्न आउने पर्यटकहरुलाई इजाजत पत्र लिदाँ नेपाली ५ सय रुपैँया लाग्छ तर कानुले उनीहरुसँग ८ सय लिने गरेको खुलासा भएको छ ।

त्यति मात्र नभई कानुले आफ्ना छोरालाई समेत आफ्नो ठाँउमा राखेर साना सवारीको ५ सय लाग्ने ठाँउमा ८ सय र ठूला सवारी दस्तुर २ हजार लाग्ने सट्टामा २ हजार ५ सय लिने गरेको छन् ।

नेपाली नम्बर प्लेटका सवारी साधनको हकमा पटके बापत राजश्व बाहेक रु २ सयको दरले लिने गरेका छन् । सवारी साधनले पैसा बढि दिन आनाकानी गरे फारम भरि टिकट टाँस्ने र बैँक भउचर भरेर आउन भनि दुःख दिने गरेको उनीहरुले गुनाासो गरेका छन् ।

त्यती मात्र नभई उनका छोरा हरिवंश प्रसाद ०७६ साल देखि नै बुवा (महेन्द्र ) ले गरेको काम गदैँ आएका छन् । हरीवंश न दैनिक ज्यालादारी न करार कुनै नियुक्ति नभए पनि उनले पट्के काट्ने गरेका हुन् ।

हरिवंशले रिकन्डिसन सवारीको नामसारी गर्ने समेत काम गर्ने गरेको बताइएको छ । महेन्द्र साह कानुको सेवा अवधि आगामी बैशाखमा सकिदै छ । उनी सेवा निवृत हुनुभन्दा अघिनै सेटिङ्ग मिलाउन छोरालाई काम गर्न लगाउन थालेको स्रोतको भनाइ छ । हाल महेन्द्रको अनुपस्थितीमा हरिवंहले नै पटके काट्ने गरेको स्रोतको दावी छ ।


सम्बन्धित समाचार