Logo

३२ साउन,वीरगञ्ज । वीरगञ्जमा आजदेखि नयाँ सिटी स्क्यान सेवाको सुभारम्भ भएको छ । वीरगञ्जको प्रभु हस्पिटल नजिकै स्थापना गरिएको प्रभु सिटी स्क्यान सेवाको आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र ८ का वडा अध्यक्षहरु जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो ।

पानी टंकी जाने ब्यारेक रोड स्थित प्रभु हस्पिटल नजिकै प्रभु सिटी स्क्यान सेवा आजदेखि सञ्चालनमा आएको हो । सेवा शुरु गरेको सिटी स्क्यान सेण्टरमा सर्वशुलभ शुल्कमा विभिन्न खालका बिरामीहरको सिटी स्क्यान सेवा उपलब्ध हुने हस्पिटलका सञ्चालक डाक्टर निरञ्जन साहले बताउनुभयो ।

सिटी स्क्यान सेण्टरमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड सम्पूर्ण सेवा उपलब्ध हुने एमडी रेडियोलोजी डाक्टर डम्बर साहले बताउनुभयो ।सिटी स्क्यान सेण्टरमा विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी/बायोप्सीका लागि समेत सेवा सुविधा उपलब्ध हुने डाक्टर डम्बर साहले बताउनुयो ।

सिटी स्क्यान सेवा सञ्चालनसँगै बारा, पर्सा लगायतका बिरामीहरुलाई भरतपुर, काठमाडौं लगायत भारतका विभिन्न सहरहरुमा जानुपर्ने बाध्यताको पनि अन्त्य भएको डाक्टर साहले बताउनुभयो ।

प्रभु सिटी स्क्यानमा गुणस्तरीय सेवा छिटो र छरितो पाउने डाक्टर साहले बताउनुभयो । सिटी स्क्यान गराउने बिरामीले तुरुन्तै रिपोर्ट पाउने र कुनै अस्पतालमा उपचाररत बिरामीको सिटी स्क्यान गरेर तुरुन्तै अस्पतालमा पु¥याउनुपरे त्यसको पनि व्यावस्था गरिएको सञ्चालक द्वय साहको भनाई छ ।


सम्बन्धित समाचार