Logo

१ भदौ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अवरुद्ध सदन खुलाउने विषयमा छलफल भएको छ।

घिमिरेले सदनको अवरोध हटाउन प्रधानमन्त्री दाहाललाई सहजीकरण गर्न आग्रह गरेका छन्।‘सदन नचल्नु राम्रो भएन। माननीयहरुले बोल्न समय माग्नुभएको छ ।

प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ । दलिय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। ,’ भेटमा सभामुखले भने, ‘सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।समितिको नेतृत्व चयन हुन सकेको छैन ।

संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन।

’सभामुखको सदन सुचारुका लागि समन्वयको आग्रहपछि प्रधानमन्त्री दाहालले निरन्तर रुपमा प्रयत्न गरिएको बताउँदै प्रतिपक्षी एमालेसँग थप छलफल गर्ने बताए।

उनले सभामुखलाई एमालेसँग सदन खुलाउने विषयमा सहमतिका लागि पहल गरिदिन सुझाए ।प्रधानमन्त्रीले भने, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु।’


सम्बन्धित समाचार