Logo

१ भदौ,वीरगञ्ज । राष्ट्रको समस्या समाधानका लागि नेकपा एमालेलाई जनादेश प्राप्त हुन नसकेको एमाले महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।

वीरगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनादेश अनुसार जनताको पहिलो रोजाइ भने एमाले नै भएको दाबी गर्नुभएको छ ।

अस्थिरता र अराजकताको चुनौतीले गर्दा नेपाल बन्न नसकेको पोखरेलको भनाइ थियो । नेपालमा एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न नसकेको बताउनुहुँदै उहाँले मन्त्रीहरुले ६ महिना पनि औसतमा काम गर्न नपाएको उल्लेख गर्नुभयो ।

राजनीतिक अस्थिरताका कारणले नै मुलुकमा काम गर्न सक्ने वातावरण बन्न नसक्ने पोखरेलको जिकिर थियो । जनताको रोजाइको पार्टी मुख्य भूमिकामा नरहँदा जनतामा निराशा छाएको तथा समाजिक अराजकता प्रकट भएको उहाँको दाबी थियो ।

०७४ को निर्वाचनपछि जनताले बलियो सरकारको अपेक्षा गर्दै केपी ओलीको पक्षमा जनादेश दिएको भए पनि उक्त जनादेशको विपरीत सर्वोच्च अदालतको फैसलाबाट नयाँ सरकार गठन गर्ने काम भएको पोखरेलको भनाइ थियो ।


सम्बन्धित समाचार