Logo

२ भदौ,वीरगञ्ज । । नेकपा माओवादी केन्द्रले आज सहिद रामवृक्ष यादवको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । कम्युनिष्ट आन्दोलनमा मधेसबाट सक्रिय रुपमा लाग्नु भएका स्वर्गीय यादवको सम्झनामा आज नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

मधेस प्रदेशको धनुषा जिल्लाको बरमझियामा जन्मिनु भएका यादव माओवादी जनयुद्धकालमा विभिन्न जिल्लामा माओवादी आन्दोलनलाई उचाईमा पु¥याउन लाग्नुभएको थियो ।

पार्टीमा उहाँले गरेको योगदानको कदर र उहाँलाई सम्मान गर्दै रोधमाई स्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । श्रद्धाञ्जलीसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज विजय महतो केन्द्रीय सदस्य रामबाबु बैठा, छोटेलाल यादव, संविधानसभा सदस्य शेष चाँदतारा, प्रदेशसभा सदस्य पस्मिना कादरी,

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रभाकर गुप्ता, मगर राष्ट्रिय मुक्ति मोर्चाका कार्यबाहक अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, प्रदेश सचिव मूनेश लायो मगर लगायतका नेताहरुले सहिद रामवृक्ष यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पुष्पगच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वाईसिलय पर्साका संयोजक दिपेन्द्रसिंह पटेलले गर्नुभएको थियो ।


सम्बन्धित समाचार