Logo

२ भदौ,वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाइको अभिव्यक्तिप्रति वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिहंको ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मेडिकल व्यवसायी प्रसाइले मारवाडी समुदायलाई लक्षित गरि दिएको अभिव्यक्तिमा ध्यानाकर्षण भएको जानकारी दिनुभएको हो ।

गत साता एक टेलिभिजन अन्तरवार्तामा देशमा “मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको” भन्ने अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विज्ञप्तीमा उनको अभिव्यक्तिप्रति नगर प्रमुख सिंहले विरोध जनाउनु भएको छ ।

सम्पूर्ण मारवाडी समुदायलाई नै लक्षित गरि मेडिकल व्यवसायी प्रसाइको अभिव्यक्तिले मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस तुल्याएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्तिप्रति खेद प्रकट गरिएको हो ।

कसैको व्यक्तिगत विषयलाई लिएर सम्पुर्ण समुदायलाई नै आघात पुग्ने गरि अभिव्यक्ति दिनु निन्दनिय रहेको विज्ञप्तीमा जनाइएको छ । समाजमा सामाजिक सद्भाव, मेलमिलाप र भाइचारा कायम राख्न नगरप्रमुख सिंहले अनुरोध गर्नुभएको छ ।


सम्बन्धित समाचार