Logo

३ भदौ,काठमाडौं । आइतबार समाजवादी मोर्चाको बैठक बस्दैछ ।

बैठक आइतबार साँझ ६ बजे नेकपा ९एकीकृत समाजवादी० को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।

विद्यार्थी संगठनको कार्यक्रममा भने समाजवादी मोर्चाका नेताहरु एकसाथ देखिएका थिए । त्यस यता समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो ।

आइतबारको बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरुबारे छलफल हुने बताइएको छ ।


सम्बन्धित समाचार