Logo

४ भदौ,वीरगञ्ज । सशस्त्र प्रहरीले दुई जना बच्चा चोरेर भारततर्फ लैजाँदै गरेका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार मुरतिया ठक्कुरइयाका २२ वर्षका तबरेज आलम रहेका छन्।

आलमले आइतबार बाराको देवताल गाउँपालिका–३ बस्ने पूजा महतोकी नौ महिनाको छोरी र प्रेमचन्द्र महतोका दुई वर्षका छोरालाई बोरामा हालेर भारत लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

स्थानीयले सीमामा खटिएको सशस्त्र प्रहरीलाई जानकारी गराएपछि प्रहरीले बच्चासहित आलमलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका आलमलाई प्रहरी हिरासतमा राखिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

बच्चालाई अभिभावकको जिम्मा लगाइएको उनले बताए। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको न्यौपानेले बताए।


सम्बन्धित समाचार