Logo

फाइल तस्वीर

४ भदौ,काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ। चार दल सम्मिलित मोर्चाको बैठक आइतबार साँझ नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा तय भएको थियो।

उक्त बैठक आज बिहान साढे ७ बजेका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जनाएको छ। बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्नेछ।

आजको बैठकमा सातै प्रदेशमा गर्ने भनिएको कार्यक्रमको स्वरूप, मिति र स्थानबारे छलफल हुने बताइएको छ। यसअघि मोर्चाले साउन १२ देखि २२ सम्म सातै प्रदेशमा मोर्चाको सन्देश आम जनतासमक्ष पुर्याउन कार्यक्रम गर्ने जनाए पनि कार्यक्रम तय गर्न सकेको थिएन।

साउन पहिलो साता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने नेताहरूले बताएका थिए । चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा छन्।


सम्बन्धित समाचार