![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/samjbadi-morcha.jpg?fit=1024%2C646&ssl=1)
४ भदौ,काठमाडौं । सरकारमा सहभागी चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा बैठक सुरु भएको हो ।
बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने गरी छलफल थालेको छ ।यस अगाडी नै सातै प्रदेशमा सभा गर्ने लगायतका निर्णय गरेपनि मिति तोक्न बाँकी थियो ।
आजको बैठकले मिति तोक्नेबारे छलफल गर्ने नेताहरुको भनाई छ ।साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल बैठकमा हुनेछ ।मोर्चा गठन भएको करिब तीन महिनापछि यो दोस्रो बैठक हो । बैठक आइतबार बेलुकी ६ बजे बस्ने तय भएको थियो ।
तर नेताहरुको कार्यब्यस्तताका कारण आइतबारको बैठक आजलाई सारिएको थियो । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।