Logo

४ भदौ, काठमाण्डौँ । बागलुङमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

नरेठाँटीबाट हटिया बजार आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल आइतबार राती गलकोट नगरपालिका–३ हटियाको बतासेडाँडामा दुर्घटना हुँदा हटिया बजारका २८ वर्षीय गणेश परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

मृत्तक परियार हटिया बजारस्थित गलकोट मोटरसाइकल रिपेरिङ सेन्टरका सञ्चालक हुन्। परियारको शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालको शव गृहमा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार