Logo

४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति ९भीआईपी०हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् ।

उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ । अतिविशिष्ट÷विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले जानकारी दिए ।

यसअघि पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेकोमा अब यो रोकिने छ ।

तर, भीभीआइपी ९अतिविशिष्ट०को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।

उच्च पदस्थ व्यक्तिको सवारी हुने दिन १ घण्टा अगाडि नै आन्तरिक टर्मिनलमा पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआइपी सवारी साधनको विवरण टिपाएर पास लिनु पर्ने व्यवस्था समेत विमानस्थलले गरेको छ ।

एयरलाइन्सको चेकइन र लगेजको सुरक्षा जाँच समेत अगाडी नै गर्न विमानस्थलले सूचित गरेको छ ।


सम्बन्धित समाचार