Logo

४ भदौ,वीरगञ्ज । अर्थमन्त्री प्रकाशशरण महत क्यानडा प्रस्थान गरेका छन्। जिआइएफको ७ औँ सभामा भाग अर्थमन्त्री महत नेतृत्वको ५ सदस्यीय टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बेलुकी क्यानडा प्रस्थान गरेका हुन्।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन्।

वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री महत उक्त सभामा सहअध्यक्षका रूपमा सहभागी हुँदैछन्। यो सम्मेलन प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

अर्थमन्त्री महत करिव एक साता क्यानडामा रहनेछन्।

अर्थमन्त्री महतले त्यहाँ रहेका गैरआवसीय नेपाली र अन्य दातृ निकायहरूसँग भेटघाट कार्यक्रम छ।

अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम छ।


सम्बन्धित समाचार