![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/Koshi-pradesh-sabha-meeting-1024x529-1.jpg?fit=1024%2C529&ssl=1)
४ भदौ, काठमाडौँ । मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिने कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् ।
उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि उनले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेकी थिइन् । सत्तारुढ गठबन्धनले भने मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।
कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले मन्सुरीले मतदान गर्ने र मुख्यमन्त्री थापाले विश्वासको मत पाउने बताए । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले पनि प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको र आइतबार सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने बताए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको छ ।
प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने मत पनि छ । तर सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो ।