Logo

४ भदौ, काठमाडौं । सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेका छन् । सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

उनका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर उनीहरु भागेका हुन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

‘महिलाहरु भागेका छैनन्, केटाहरु भागेका छन् । कति भागे भन्ने यकिन भइसकेको छैन’, रिजालले भने, ‘गणना भइरहेको छ ।’


सम्बन्धित समाचार