Logo

फाइल तस्बिर

५ भदौ,वीरगञ्ज । पर्साको वीरगञ्जमा हिजो गरिएको अनुगमनमा व्यापारीहरुको भागाभाग भएको छ ।

भारतले प्याजमा ४० प्रतिशत कर लगाएको बाहना गर्दै व्यापारीहरुले आलु प्याज तथा अन्य उपभोग्य वस्तुहरुमा मूल्यवृद्धि गरेपछि वाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगञ्जले हिजो गरेको अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा कागजपत्र नदेखाएका पसलहरुलाई जरिवाना गर्न थालेपछि वीरगञ्जका व्यापारीहरु पसल नै बन्द गरेर भागाभाग भएका हुन् । अनुगमन टोलीले व्यापारीहरुको खरिद विल, भन्सार प्रज्ञापन पत्र लगायतका कागजपत्रहरु माग गर्दा नदिएका पसल तथा व्यापारिक फर्महरुलाई कारवाही स्वरुप जरिवाना समेत गरेको छ ।

अनुगमन टोलीलाई काजपत्र नदेखाएका शुभलक्ष्मी किचेनकिङ स्टोरलाई ५ हजार र गणपति शब्जि भण्डारलाई पनि जरिवाना गराएको छ । अनुगमन टोलीले कलस ट्रेडिङ्ग, कृष्णा आलु प्याज भण्डार, एसएस स्टोर, गहवा इन्टरप्राईजेज, गहवामाई किचेन स्टोर लगायतका नौवटा पसलमा अनुगमन गरिएको वाणिज्य तथा उपभोत्ता हित संरक्षण वीरगञ्जका कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।

नियमित अनुगमन नहुँदा बजारमा उभोग्य वस्तुहरुको मूल्य आकाशिएको छ । गुणस्तरीय वस्तुहरु उपभोत्ताले पाउन छाडेका छन् ।

अनुगमनको मुख्य जिम्मेवारी स्थानीय तहको भएको भन्दै नियामक निकायहरुले पनि अनुगमनलाई औपचारिकता मात्रै दिने गरेका छन् । स्थानीय तहको अनुगमन भने फितलो देखिएको छ ।यद्यपि जिल्ला स्तरीय अनुगमन टोलीको पनि प्रभावकारी अनुगमन हुन नसक्दा उपभोत्ताहरु ठगिने गरेका छन् ।


सम्बन्धित समाचार