Logo

५ भदौ,वीरगञ्ज । समाजवादी मोर्चा, नेपालले भदौ ८ गते वीरगन्जमा आयोजना गर्ने आमसभाको तयारी शुरु गरेको छ ।

मोर्चाको सोमबार बसेको बैठकले सातवटै प्रदेशमा आमसभाको आयोजना गर्ने निर्णय अनुसार भदौ ८ गते पर्साको वीरगञ्जमा गर्ने आमसभाको लागि तयारी बैठक सम्पन्न गरेको छ ।

सातवटै प्रदेशका मुख्य सहरहरुमा आमसभा आयोजना गर्ने तयारी गरेको समाजवादी मोर्चा, नेपालले मोर्चा सम्बद्ध पर्सा जिल्लामा रहेका दलहरूको आज बसेको संयुक्त बैठकले भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा आयोजना गर्ने आमसभाको तयारीका लागि मोर्चा आबद्ध दलहरुले तयारी समिति बनाउने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारीणि समिति सदस्य तथा निबर्तमान मधेस प्रदेश मुख्यमन्त्री लालबाबू राउतको विशेष उपस्तिथिमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको जसपा जिल्ला सचीव अहमदले जानकारी दिनुभयो ।

बैठकको निर्णय अनुसार समाजवादी मोर्चा, नेपालले गर्ने सन्देश सभा तथा अन्तरक्रिया कार्यक्रमलाई सभ्य, भब्य र सफल बनाउन आ–आफ्नो पार्टीका सम्पूर्ण तह र तप्का नेताकार्यकर्ताहरुलाई कार्यक्रममा सहभागीताका लागी अह्वान गर्ने निर्णय गरेको छ ।

कार्यक्रमलाई अझै ब्यव्स्थित बनाउन जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको संयोजक्त्व्मा ७ सदस्यीय कार्यक्रम ब्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा नेकपा एसका तर्फबाट जिल्ला अध्यक्ष बालगोपाल थापा, शंकरलाल कर्ण, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा, सुरेन्द्र गुप्ता, जसपाका जिल्ला सचीव तबरेज अहमद लगायतका रहेका छ्न् ।

साथै कार्यक्रमका सूचना र सन्देश प्रवाह गर्नका लागि बुधबार मोर्चा सम्बद्ध पत्रकारहरुसंग बैठक बसि छलफल गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा माओवादी पार्टीका केन्द्रिय सदस्य एवम् जितपुर सिमरा उप महानगरपालिका नगर प्रमुख राजन पैडेल, रामदरश प्रसाद कुश्वाहा,नेकपा एसका तर्फबाट शंकरलाल कर्ण र बृजलाल पासवान जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी लगायतको उपस्तिथि रहेको जानकारी सचीव अहमदले बताउनुभयो ।


सम्बन्धित समाचार