Logo

६ भदौ,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।

उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

उहाँको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको पनि निजी सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार