Logo

७ भदौ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृतक सातै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश ०३ ००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा बाराको चुरियामाईमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् । भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी वडा नंं ५ का ४१ वर्षीय विजय लाल पण्डित रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार छन् ।

घाइतेहरु मध्ये चुरेहिल अस्पताल हेटौडा उपचार गराई रहेका बर्ष ४८ का भारतीय नागरिक घनश्याम चतुरबेदीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यसैगरी हेटौडा अस्पतालमा धनुषाको मौवा गाउँपालिका वडा नं. १८ का ४१ वर्षीय घुरन मण्डल, महोत्तरी लोहारपट्टी नगरपालिका वडा नंं ५ का २६ वर्षीय जसबेन्दर पासवान, सामान्य उपचार पछि डिश्चार्ज भएका छन् ।

त्यसैगरी भारतीय नागरिक बर्ष ५३ का माया देबी, बर्ष ३५ का अनिल कुमार, बर्ष ५० का तारावती चतुरबेदी, बर्ष ९ की बालिका क्रितिका चतुरबेदी, बर्ष ४८ का श्यामलाल माली, बर्ष ४७ का हरवारी मालीको सरकारी अस्पताल हेटौडामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भारतीय नागरिक बर्ष ७० का चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ६३ वर्षीय धरम सिंह, ६० वर्षीया इन्दु धाकद, १६ वर्षीया बालिका गर्बिदा चतुरबेदी, ५४ वर्षीय रामकुमार चतुरबेदीको उपचार भइरहेको छ ।

सन्चो अस्पताल हेटौडामा उपचारार्थ भर्ना भएका महोत्तरीको जलेश्वरका ३८ वर्षीय बिहारी मुखीयाको मुखमा चोट बाया खुट्टा भाचिएको छ भने चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा ७३ वर्षीय भारतीय नागरिक रामप्रसाद पिको छाति र पेटमा गम्भीर चोट लागेकोले उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार