Logo

७ भदौ,जनकपुर । महोत्तरीको जलेश्वर नगरपालिका ९ प्रकौली स्थित चौक दामोदर एकेडमी गेट अगाडि एम.आइ.टी. क्याम्पस बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रकौली निवासी ३५ वर्षीय संतोष यादवलाई ज ८ प ९२६७ नम्बरको मोटरसाइकलमा प्रकौलीबाट जनकपुरतर्फ जान लाग्दा बिपरित दिशाबाट आउदै गरेको बा २ क १५३६ नं को एम.आइ.टी. क्याम्पसको बसले ठक्कर दिएको हो । यता शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

बस प्रहरी नियन्त्रणमा रहेको छ । हुलाकी सड़कको जलेश्वर जनकपुर सड़कखण्डमा काम नहुँदा समेत सड़क अबरुद्ध पारेर राख्दा दुर्घटना भएको भन्दै स्थानियले अहिले सडक जाम गरेका छन् । यता प्रहरीले बल प्रयोग गर्दै सड़क खुलाउने क्रममा आक्रोशित आन्दोलनकारीले प्रहरी माथि ढुङामुडा समेत गरेको थियो ।

प्रहरीद्वारा आन्दोलनकारी माथि लाठी चार्ज गरेको भन्दै वडाध्यक्ष रविन्द्र यादवले प्रहरी उस्काउने काम नगर्न आग्रह गर्नुभयो ।

 


सम्बन्धित समाचार