![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/368153083_2049497968734952_5814289239412520635_n.jpg?fit=1920%2C1080&ssl=1)
७ भदौ,जनकपुर ।नेपाली काँग्रेसका नेता डा. शेखर कोइरलाले मुलुक सुनतस्करहरुको अखाडा बनेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार जनकपुरधाममा नेपाली काँग्रेसले थालेको आन्तरिक विशेष अभियान अन्तर्गत आयोजित नगर कार्य समितिको विस्तारित बैठकमा सहभागी भएका नेता डा. शेखर कोइरालाले अहिले मुलुक अन्तर्राष्ट्रिय सुन तस्तरहरुको अखाडा बनेको बताएका हुन् ।
उनले नेपाल सुन तस्करहरुको अखाडा नरहेको भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमै चिर्नसकेपछि मात्रै मुलुकको साख जोगिने बताए । अहिले मुलुकको साख जोगाउनका लागि सरकारले अनुसन्धानसहित कारवाही प्रक्रियालाई तिव्रता दिनुपर्ने उनले बताए ।
नेता डा. कोइरालाले भने, ‘भारतमा वर्षेनी करिब १४ सय टनसम्म सुनको खपत हुँदा पनि वर्षमा भारतले करिब एक हजार टनसम्म मात्र सुन आयात गर्ने गरेको छ । यस बाहेकका करिब ४ सय टन जति सुन तस्करहरुको माध्यमबाट भारत भित्रिने गरेको छ ।’
त्यसैले मुलुकलाई सुनको तस्करहरुको स्थल र ट्रान्जिटप्वाइन्ट बन्नबाट जोगाउनुपर्ने अहिलेको सरकारको मुख्य दायित्व रहेको समेत उनले बताए । अनि मात्र मुलुकको साख अन्तर्राष्ट्रियस्तरमा जोगिन सक्ने उनले भने ।
डा. नेता कोइरालाले मुलुकको विमानस्थल, अध्यागन विभाग, देशीविदेशी चलखेल, राजनीतिक दलका केही नेताहरु सम्मिलित नहोला भनेर भन्न सक्ने अवस्था नरहेपनि मुलुकको साख जोगाउन अहिलेको आवश्यकता रहेको बताए ।
उनले अर्को प्रसंगमा नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघमा देखिएका असन्तुष्टि जायज रहेको बताएका छन् । उनले केन्द्रिय अध्यक्ष देखि कसैलाईपनि कमिटी भंग गरी नयाँ अध्यक्ष नियुक्ती गर्ने अधिकार नरहेकाले नौ वटा जिल्लामा नयाँ कमिटी गठन गरिएको बताए ।
उनले ९ वटा जिल्लामा महिला संघको समानान्तररुपमा कमिटी गठन गरिएको बताए ।