Logo

८ भदौ, वीरगञ्ज – पर्सा प्रहरीले बिलबिजक भन्दा बढी सामान बोकेका ट्रकलाई सामानसहित नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट पर्सा प्रहरीले ६१ लाख ४१ हजार ६२ रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बिलबिजकभन्दा बढी सामान बोकेको सूचनाका आधारमा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ७९१० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकमा हाडवेयरका पार्टस र ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार