Logo

८ भदौ, वीरगञ्ज । गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘पर्खि बसेछु’ हालै सार्वजनिक भएको छ ।

आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा दीपक शर्माको संगीत र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ। गीतको भिडियो OSR DIGIRAL को अफिसियल युट्यबमार्फत सार्वजनिक गरिएको हो।

संचारकर्मी डा. शिव तिवारीको निर्देशन रहेको गीतको भिडियोमा योगेश दाहालको छायांकन तथा सम्पादन रहेको छ ।

यसअघि २०७४ सालमा “नाच्दै खेल्दै” बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा उदायकी उनी बिगत १२ वर्ष देखी बेलायतको स्कटल्यांडमा परिवारसंगै बस्दै आएकी छन।

 


सम्बन्धित समाचार