Logo

८ भदौ, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको सपना देख्ने प्रतिगामी शक्तिलाई परास्त गर्न चार दल मिलेर समाजबादी मोर्चा बनेको बताएका छन्।

वीरगञ्जमा शुक्रबार आयोजित मोर्चाको सन्देश सभालाई सम्बाेधन गर्दै प्रचण्डले सदन सडक र सरकारको तीनवटै मोर्चाबाट एक चोटि फेरि हमला गर्न चाहेको जिकिर गरे।

‘फेरि प्रतिगमनको सवना देख्ने प्रतिक्रान्तिकारीलाई परास्त गर्न एकचोटि फेरि सदन सडक र सरकारको तीनटै मोर्चाबाट हामी हमला गर्न चाहन्छौँ, उनले भने, ‘हामी सबै खालका निराशा अन्योल आतंकबाट मुक्त होऔ र एकताबद्ध भएर क्रान्तिलाई नयाँ उचाइमा अगाडि बढाउन पहल गरौँ।’

अहिलेको संविधान आफैँमा पूर्ण नरहेकोले उत्पीडित जनताको समस्या समाधान र माग सम्बोधन गर्न समय अनुकूल संविधान संशोधन गर्दै जानुपर्ने प्रचण्डको भनाइ थियो। प्रतिपक्षी एमालेको लामो समयको संसद अवरोधपछि धेरै प्रयास गरेर अहिले स‌सद खुलिसकेकोउनले जानकारी दिए।

उनले यसपालि आफू प्रधानमन्त्री भएको बेला जनतालाई बिदेश जान पासपोर्ट बनाउन। लाईसेन्स बनाउन लामो लाईन लाग्ने गरेको समस्यालाई ध्यानमा राख्दै त्यसलाई समाधान गरेको र अहिले पासपोर्ट, लाईसेन्सको लागि लामो लाईन समेत लाग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।

संघीय निजामती सेवा ऐन,संघीय शिक्षा संसदमा लैजाने सबै दलबीच सहमति भएको भन्दै उनले उक्त ऐन पारित हुने बिश्वास ब्यक्त गरे। आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, न्याय र समृद्धिलाई सरकारको मुख्य नारा र कार्यभार बनाएर अगाडि बढको बताए।


सम्बन्धित समाचार