Logo

८ भदौ, वीरगञ्ज । चार दल सम्मिलित समाजवादी मोर्चाको मधेस प्रदेशस्तरीय मोर्चा घोषणा गरिएको छ। शुक्रबार वीरगञ्जमा आयोजित सन्देश सभामा १२ सदस्यीय प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको हो।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट तीन–तीन जना सदस्य रहेका छन्।

मोर्चामा माओवादीबाट लिलामणी पोखरेल, अशोक जयसवाल र रामकुमार शर्मा, जसपाबाट लालबाबु राउत, शैलेन्द्र प्रसाद साह र हरिनारायण यादव, एकीकृत समाजवादीबाट धर्मनाथ साह, रामचन्द्र यादव र सुधिर कुमार साह र नेकपाबाट त्रिलोक सि, विनोद सि र रामकुमारी सि सदस्य रहेका छन्।

मोर्चाको अध्यक्षता सुरुमा जसपाले गर्नेछ भने त्यसपछि आलोपालो नेतृत्व परिवर्तन हुनेछ।


सम्बन्धित समाचार