९ भदौ,वीरगञ्ज । गृहमन्त्री नारायणकाजी श्रेष्ठ वीरगन्ज आउने हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न गृहमन्त्री श्रेष्ठ वीरगन्ज आउन लाग्नुभएको हो ।
भोलि विहान साढे ८ बजे गृहमन्त्री श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।
भवन उद्घाटन पछि गृहमन्त्री श्रेष्ठ वीरगन्जको नगरसभा गृह (टाउन हल)मा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरस कुशवाहाले बताउनुभयो । विहान साढे ११ बजे बाट प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम रहेको र गृहमन्त्री श्रेष्ठले प्रशिक्षण दिने कुशवाहाले जानकारी दिनुभयो ।