९ भदौ,वीरगञ्ज । गृहमन्त्री नारायणकाजी श्रेष्ठ भोली वीरगञ्ज आउने निश्चित भएको छ । गृहमन्त्री श्रेष्ठको आगमनमा शान्ति सुरक्षा चुस्ता राख्नुको साथै पार्टीको सहायक संगठन वाइसियलले पनि सुरक्षा व्यवस्थामा सहयोगी भूमिका निर्वाह गर्ने भएको छ ।
उहाँको सुरक्षाका लागि वाईसियलले आफ्ना दस्तालाई खटाउने भएको छ । वाईसियलका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज संतोष पटेल र पर्सा जिल्ला संयोजक दीपेन्द्र पटेलले गृहमन्त्री श्रेष्ठको सुरक्षा व्यावस्थामा सहजीकरण गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री आउँदा नेता कार्यकर्ता र आम नागरिकहरुको समेत भीड हुने भएकोले उहाँको सुरक्षा सहजताका लागि वाईसियलले आफ्नो दस्ता परिचालन गर्ने वाईसियलका इञ्चार्ज तथा केन्द्रीय सदस्य पटेलले बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठको भोली बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन उद्धघाटन र मध्यान्ह १२ बजे पार्टी कार्यकर्ताहरुसँग भेटघाट तथा अन्तरकृया रहेकोले सुरक्षा अवस्थालाई मजबुद बनाउन र आवतजावतमा सहजता प्रदान गर्नका लागि स्वयंसेवका रुपमा वाइसियललाई खटाईने वाईसियल पर्सा संयोजक दीपेन्द्र सिंह पटेलले बताउनुभयो ।