Logo

१० भदौ,काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात कीर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।

उनीहरूमाथि कीर्तेको अभियोग भने छैन, तर कीर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेपनि सरकरी वकिल कार्यालयले सरकरी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले घटनापछि आएको कानून भएकाले संगठित अपराध आकर्षित नभएको जनाएको छ । अनुसन्धानका क्रममा पक्राउ गरिएका निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाहविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।
८ जना सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गरेका हुन् ।

 


सम्बन्धित समाचार