Logo

१० भदौ,वीरगञ्ज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य र राष्ट्र ठगिएको घटनामा छानबिन तथा कारवाही हुने बताएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगञ्ज आएका उनले यस्तो बताएका हुन्।

प्रेस सेन्टर पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीमा सरुवा बढुवाको क्रममा हुने अवाञ्छित कार्यलाई आफ्नो कार्यकालमा शून्यमा झारिएको दावी गरे। ‘प्रहरीमा सरुवा(बढुवा गर्दा, पदस्थापन गर्दा केही अवाञ्छित क्रियाकलाप हुने गरेको छ। आर्थिक चलखेल हुने गरेको छ।

त्यसलाई शून्यमा झारिएको छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘सरुवा(बढुवा, पदस्थापन मापदण्डको आधारमा भइरहेको छ। त्यसलाई अझै गुणात्मक ढंगले गर्न जरुरी छ।’ आफ्नै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यलाई राज्य विरुद्धको अपराध भएको श्रेष्ठको भनाइ थियो। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सुन प्रकरणमा राजस्व विभाग र सिआइबीले नै अनुसन्धान गर्ने जिकिर गरे। गौर हत्याकाण्डको बारेमा पत्रकार हरुले सोधेको प्रश्नको जवाफमा श्रेष्ठले उक्त हत्याकाण्डको विषयमा कानुनी शासनको उल्लंघन भएको कुरा सत्य नभएको दाबी गरे।

उनले ललिता निवासको सबै जग्गा सरकारको भएको बताउँदै जग्गा किनबेच गर्नेले संगठित अपराध गरेको हो कि होइन भन्ने विषयमा समेत छानबिन भइरहेको जानकारी दिए।


सम्बन्धित समाचार