Logo

११ भदौ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन् । एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै कट्टेलले प्रचण्डलाई देश निकाला गर्नुपर्ने धारणा राखेका हुन् ।

‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन् । उननलाई देश निकाल नगरेसम्म एमसीसी खारेज गर्न सकिँदैन’, झलनाथतिर देखाउँदै उनले प्रश्न गरे, ‘तपाईंहरूकै अध्यक्ष हो क्यारे । पुष्पकमल दाहालाई राष्ट्रघाती भन्ने आँट छ रु उनको विरूद्ध आन्दोलन गर्ने आँट छ रु सबै मिलेर अब पुष्पकमललाई देश निकाला गर्नुपर्छ ।’

सबै जनता मिलेमा मात्र एमसीसी खारेज गर्न सकिने उनको भनाइ छ ।


सम्बन्धित समाचार