
१३ भदौ,सप्तरी ।सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
बुधबार बिहान भलुवाही पुलमुनि सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् ।
सो घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।