Logo

१३ भदौ,वीरगञ्ज । बाराबाट प्रहरीले विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नं. १४ भवरा टोल बस्ने २० वर्षीय धिरज पासवान र २२ वर्षीय उसमान खानलाई ट्रान्सफर्मरको क्वाइल चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

कलैया–१२ सितपुर थरुवा पिप्राढीस्थित जडान रहेको १०० के.भि.ए. क्षमता भएको ट्रान्सफर्मरबाट क्वाईलहरू चोरी भएको अनुसन्धानको क्रममा दुवै जनालाई क्वाइलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई सुवर्ण गाउपालिका–५ औरैया टोलबाट ट्रान्सफर्मरको तीन थान ठूलो क्वाईल, सानो साईजको दुई थान, दमकल एक थान र पम्पी सेटको पाईप एक थानसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।


सम्बन्धित समाचार